"अाज हुने काम अाजै गराै‌ँ । सेवाग्राहीकाे सहजतालार्इ मनमा राखाैँ ।"

शैक्षिक तालिम केन्द्र, तनहुँ देशको शैक्षिक विकासको लागि आवश्यक पर्ने दक्ष, योग्य, कर्तव्यपरायण र स्वयसेवी भावना भएका जनशक्ति उत्पादन गर्नमा तल्लिन छ । तालिमको माध्यमबाट शिक्षा प्रदान गर्ने शैक्षिक नेतृत्वकर्ताहरूमा पेसागत जवाफदेहिता, पारदर्शिता, विद्यालय सुशासन,  समन्वय र सहकार्यको संस्कारबाट समग्र शैक्षिक उन्नयनका लागि वातावरण सिर्जना गर्न आफ्नो स्थापनाकाल देखि अनवरत रूपमा लागि परिरहेको छ । केन्द्रले परिवर्तित समयको वाहवसंगै आएका अनगिन्ती नयाँ विधि, प्रविधि, शैली तथा तौरतरिकालार्इ विद्यालयको कक्षाकोठा भित्र प्रवेश गराउन शिक्षक तालिमका क्रियाकलापहरूलार्इ सोही अनुसार सञ्चालन गर्दे आएको छ । विशेष गरेर केन्द्रका गितिविधिहरूमा एक्काइसौं शताब्दीका सीपहरू जस्तै नेतृत्व सीप, सिर्जनात्मक तथा समालोचनात्मक चिन्तन, सिकार्इ समूह निर्माण, समन्वय, सहकार्य, सञ्चार, समस्या समाधान, निर्णय गर्न सक्ने क्षमता आदि,  शिक्षामा परिवर्तन व्यवस्थापन, सिकाइमा देखापरेको विश्वव्यापी संकटलार्इ व्यवस्थापन, मुलुकमा देखा परेको नेतृत्व क्षमताको संकटको रिकभरी र शिक्षा क्षेत्रमा देखा परेको अति गम्भिर चुनौती जस्तै शैक्षिक क्षतिको न्यूनिकरण जस्ता मुलुकको विकासको लागि आवश्यक पर्ने पक्षहरूको विकासको लागि केन्द्रित भएर तालिमका कार्यक्रमहरू सञ्चालन गर्दे आर्इरहेको छ ।

बाँकी हेर्नुहोस् ...


नाम : राजु श्रेष्ठ

पद   : प्रशिक्षक

फाेन : +९७७-०६५- ५६१३०१

माेबाइल नं. : ९८५११२९९३७

इमेल : spokeperson@etctanahu.gov.np

बाँकी हेर्नुहोस् ....

Top